फ्रान्समा कोरोनाको नयाँ भेरिएन्ट ‘आइएचयू’ फेला, डब्लूएचओकाे विवरण आउन बाँकी

पेरिस । कोरोनाभाइरसको प्रजाति ओमिक्रोनले विश्वलाई चुनौति दिइरहेको बेला फ्रान्समा आज कोरोनाको नयाँ भेरिएन्ट आइएचयू (बी.१.६४०.२) संक्रमण पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार फ्रान्सका वैज्ञानिकले आएचयूका १२ वटा संक्रमण फेला पारेको घोषणा गरेका हुन् । प्रारम्भिक प्रतिवेदनमा नयाँ भेरिएन्ट ४६ वटा म्युटेन्ट मिलेर बनेको र यो अहिलेको ओमिक्रोनभन्दा पनि संक्रामक हुनसक्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को यसबारे विवरण आउन बाँकी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१