भारतमा एकैदिन थपिए ५८ हजारभन्दा बढी काेराेना संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ५८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा संक्रमणदर पनि ४.१८ प्रतिशतमा पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २ लाख १४ हजार पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ५३४ जनाको मृत्यु भएको छ । विशेषगरी भारतको मुम्बइ र दिल्लीमा व्यापक मात्रामा संक्रमण देखिएको छ ।

दिल्लीमा कोरोना संक्रमण बढेको भन्दै साताको दुई दिन लकडाउन गरिएको छ ।

त्यस्तै, मुम्बईले पनि यही गतिमा संक्रमण बढेको अवस्थामा लकडाउन हुन सक्ने चेतावनी दिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१