यस्ताे छ गृह मन्त्रालयकाे सर्कूलर, ‘लकडाउन’ गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई

काठमाडाैं । काेराेना संक्रमण बढेपछि सरकारले स्थानीय प्रशासनलाई स्मार्ट लकडाउन गर्न सक्नेगरि अधिकार दिएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार गृह मन्त्रालयले सर्कूलर जारी गरी संक्रमणको अवस्था हेरेर लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।

संक्रमण बढेपछि सरकारले विभिन्न क्षेत्रमा कडाइ गर्न थालेको छ । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ ।

‘कोभिड १९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणको लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ र एकीकृत कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुले पहल गर्ने,’ गृहले जारी गरेको सर्कूलरमा भनिएको छ ।

त्यस्तै सीमा नाकामा एन्टिजेन परीक्षणलाई प्रभावकारी बनाउन र संक्रमित देखिएकालाई आइसोलेसनमा राख्न सम्बन्धित जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्रलाई समन्वय गर्न निर्देशन दिइएको छ । सार्वजनिक स्थानहरुमा निःशुल्क कोभिड परीक्षण बुथ स्थापना गर्न समेत निर्देशन दिइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१