चीनसँग जाेडिएका नाका खुला गर्न काठमाडाैंमा प्रदर्शन

काठमाडाैं । चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गरी सिन्धुपाल्चाेकका स्थानीवासीले विराेध प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयवासीले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न मागसहित आन्दोलन गरेका हुन् ।

आन्दोलन गर्नेहरुले नेपाल–चीन नाका खुला गर, विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर लगायतका नारा लगाएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१