उपत्यकाका तीन सीडीओकाे बैठक, जाेरबिजाेर प्रणाली व्यवस्थित बनाउनेबारे निर्णय गरिने

काठमाडाैं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । शुक्रबार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन जिल्लाका प्रजिअहरुको बैठक बस्न लागेकाे हाे ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।

पछिल्लाे समयमा जाेरबिजाेर प्रणाली लागू भएपछि आलाेचना भइरहेकाे छ । यसबारे आज निर्णय हुने बताइएकाे छ ।

यस्तै, विद्यालय सञ्चालनको अनुमति दिनका लागि स्कुलहरुले स्थानीय प्रशासनलाई दबाव दिएका छन् । यसबारे पनि याे बैठकले निर्णय गर्न सक्ने सम्भावना छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१