काठमाडौं । मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोनले नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडरका रूपमा लोकप्रिय नेपाली अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ।
आफ्नो स्वाभाविक आकर्षण, आत्मविश्वास र दर्शकमाझको बलियो लोकप्रियताका कारण स्वस्तिमा लिभोनको पहिचानसँग उत्कृष्ट रूपमा मेल खाने व्यक्तित्वका रूपमा चिनिएकी छन्। अब उनी लिभोनको नयाँ टेलिभिजन विज्ञापनमा ब्रान्डको ऊर्जा र सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गर्दै देखिनेछिन्।
लिभोनको नयाँ अवधारणा LIVON IT मा आधारित TVC ले काम, यात्रा, र सामाजिक जीवनमा निरन्तर सक्रिय रहने महिलाहरूको जीवनशैलीलाई प्रस्तुत गर्दछ। यो अभियानले आत्मविश्वासका साथ निरन्तर अघि बढ्ने महिलाहरूको ऊर्जा, उत्साह र जीवनप्रतिको सकारात्मक सोचलाई उजागर गरेको छ। रमाइलो, आत्मविश्वासी र नेपाली जीवनशैली झल्काउने उक्त विज्ञापनमा पछिल्लो समय युवा पुस्तामाझ चर्चित रातो रानी स जेनी योञ्जन को सशक्त स्वरले थप जीवन्तता थपेको छ।
लिभोनले लामो समयदेखि महिलाहरूमा आत्मविश्वास बढाउने र उनीहरूको दैनिक जीवन आफ्नै नियन्त्रणमा रहेको अनुभूति गराउने प्रतिबद्धता गर्दै आएको छ। आफ्नो व्यक्तित्व र प्रस्तुतीमा गर्व गर्ने तथा आत्मविश्वासका साथ अघि बढ्ने महिलाहरूका लागि केन्द्रित ब्रान्डको सन्देशलाई स्वस्तिमाले पर्दामा मात्र होइन, वास्तविक जीवनशैलीमार्फत पनि प्रतिनिधित्व गर्नेछिन्।
उनको स्वाभाविकता र सहज व्यक्तित्वले उनलाई यस्तो ब्रान्डका लागि उपयुक्त साझेदार बनाएको छ, जसले राम्रो कपाललाई केवल सौन्दर्यसँग मात्र होइन, आत्मविश्वास र आत्मअभिव्यक्तिको अनुभूतिसँग पनि जोडेर हेर्छ।
यो सहकार्यले नेपालमा लिभोनका लागि नयाँ र उत्साहपूर्ण अध्यायको सुरुवात गरेको छ। स्वस्तिमा खड्का ब्रान्ड एम्बासडरका रूपमा आबद्ध भएसँगै लिभोनले उपभोक्तासँगको सम्बन्धलाई अझ बलियो बनाउने तथा देशभरका महिलाहरूलाई हरेक दिन आफ्नो उत्कृष्ट कपाललाई आत्मविश्वासका साथ अपनाउन प्रेरित गर्ने अपेक्षा राखेको छ।