सरकारकाे सबै निकायमा कम्तीमा साताैँ तहबाट विज्ञापन माग्न इन्जिनियरहरुकाे माग

काठमाडाैं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले इन्जिनियरका लागि कम्तीमा साताैँ तहबाट विज्ञापन माग गरी सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र बुझाएकाे छ ।

सिडेनका अध्यक्ष उमेश थानीले शुक्रबार मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल सरकारको सबै निकाय तथा संघ, प्रदेश र स्थानीय निकायमा इन्जिनियरका लागि जबसम्म कम्तीमा सातौँ तहबाट विज्ञापन माग्न पूर्ण रुपमा सुरु हुन्न तबसम्म यसका लागि पहल गरिरहने इन्जिनियर रविभुषण झाले जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१