नग्न भिडियो सार्वजनिक गरिदिने भन्दै विदेशबाट ब्ल्याकमेलिङ, एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा साथी बनेकी युवतीको नग्न भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धक्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका कास्कीको रुपाकोट ७ का मुक्तिनाथ खनाललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो ।

उनी शुक्रबार स्वदेश फर्किने क्रममा शुक्रबार पक्राउ परेका हुन् । उनीविरुद्ध एक महिलाले आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै साइबर अपराधमा जाहेरी दिएकी थिइन् ।

महिलाका अनुसार खनालले सामाजिक सञ्जाल फेसबुकमा उनीसँग साथी बनेपछि कुराकानी गर्नेक्रममा नग्न भिडियो प्राप्त गरेका थिए । त्यसपछि महिलाका श्रीमान र आफन्तलाई पठाई दिन्छु भन्दै खनालले उनीसँग ब्ल्याकमेलिङ गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७