माघ मसान्तसम्म विद्यालय बन्द कायम राख्न र सार्वजनिक सवारी साधनमा जोर बिजोर हटाउन सरकारसमक्ष सिफारिस

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुनेछ ।

यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो ।

यसैगरी, सीसीएमसीले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन पनि मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्र जोरबिजोर कायमै राख्न सिफारिस गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१