
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन् ।
अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने चेतावनी पनि उनले दिएका छन् ।
एमसीसी पारित नभए देश थप कंगाल हुने उनकाे दाबी छ ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाऊँ । यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस् । देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’
MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!
— Baburam Bhattarai (@brb1954) January 30, 2022