घट्यो सेयर बजार : काराेबार रकममा पनि कमी, कसले कमाए ? कसले गुमाए ?

काठमाडाैं । सेयरबजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार १०५.५५ अंक बढेर बन्द भएको नेप्से, यस दिन १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको छ ।

साेमबार २२५ कम्पनी सामेल कारोबारमा १ करोड कित्ता सेयर किनबेच भएको छ । दिनभरिमा ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार नेप्से ओरालो लागे पनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यसैगरी, साेमबार छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । कारोबारमा आएका माउन्टेन हाइड्रो, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ ।

आजको कारोबारमा लगानी, माइक्रोफाइनान्स, अन्य उपसूचकको हरियो भए पनि बाँकीको सूचक राताम्य छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१