
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ । बुधबार रातिबाट फेरि यसको प्रभाव बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पहाडी भूभागमा मंगलबार आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
मंगलबार प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।