काठमाडौं महानगरपालिकाले माग्यो २३१ कर्मचारी (विज्ञापनसहित)

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि कुल २३१ जना कर्मचारी माग गरेको हो ।

करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरिएको छ । जसमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता पुगेका इच्छुक युवायुवतीले आवेदन दिन सक्नेछन् । आवेदनको म्याद ७ दिनको रहेको छ ।

काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली मार्फत आवेदन दिन सकिने र भौतिक रुपमा बुझाइएका आवेदनहरू भने मान्य नहुने महानगरपालिकाले जानकारी दिएकाे छ । अनलाइनमा आवेदन दिनका लागि https://kathmandu.gov.np/ भित्र अनलायन आवेदन प्रणालीमा क्लिक गरेर दिन सकिन्छ ।

यस्ताे छ विज्ञापन :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१