संचालनमा ल्यायो ललितपुर महानगरपालिकाले सूचना केन्द्र

काठमाडौं । ललितपुर महानगरपालिकाले सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाको नगर प्रहरी बलले महानगरमा सूचना केन्द्र सञ्चालनमा ल्याएको हो । सूचना केन्द्रको नगर प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरे । सूचना केन्द्र महानगरभित्रका ७ स्थानमा समेत स्थापना गरिने बताइएको छ । महानगरभित्रका सबै चासो, गुनासो र समस्याका विषयमा जानकारी लिन र दिन सूचना केन्द्रको स्थापना गरिएको नगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

महानगरले प्रदान गर्ने सेवा सुविधा, राजश्व र नगरभित्रका सबै जानकारीबारे महानगरसम्म पुग्न नसक्ने नगरबासी र पर्यटकलाई सहज होस् भनेर सूचना केन्द्रको शुभारम्भ गरिएको उनले बताए । महानगर भित्र भएका विकास निर्माणका कामको प्रगति, महानगरपालिकाको वडापत्र, महानगरपालिकाले दिने सेवा सुविधा र महानगरभित्रका सबै जानकारी सूचना केन्द्रले दिने महानगरले जानकारी दिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१