कोभिड अपडेटः ३६ सय संक्रमित १२ को मृत्यु

काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अपडेटसंगै देशभरि पुस्टि भएका सक्रिय सङ्क्रमितको संख्या ६९ हजार २ सय ९१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ४ सय ९९ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ५ जना र ५ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा १ हजार ४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५५५ जना निको भएका छन् । हाल नेपालमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१