कोभिड अपडेट : ३१ सय जनामा कोरोना, मृत्युदर फेरि बढ्यो

काठमाडौं । नेपालमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २६ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८ हजार ७ सय २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८७ हजार ४ सय ४३ जना निको भएका छन् । हाल नेपालमा ६३ हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१