वर्षाका कारण देशभर पाँच जनाको मृत्यु, ११ जना घाइते

काठमाडाैं । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणका अनुसार माघ २१ गतेदेखि २२ गते बिहानसम्म २८ वटा विपद्का घटनामा ११ जना घाइते हुनुका साथै करिब ९४ लाख बराबरको अनुमानित क्षति पुगेको छ ।

धनुषाको सबैला न.पा.- १२ श्री फकिरचन उ.मा.वि.को प्राङ्गणमा रहेको मसालाको रूख हावाहुरीको कारण भाँचिई टाउकोमा लाग्दा वर्ष ८ की एक बालिकाको घटनास्थलमै, वर्ष ७ का एक बालकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु छ । यता सुर्खेतको भेरीगंगा न.पा.- ११ साँदीखोला बस्ने वर्ष ३५ की एक महिला छतमा निस्कने क्रममा चट्याङ्ग लागी सख्त घाईते भई उपचारको क्रममा मृत्यु छ ।

त्यस्तै सल्यानको बनगाढ कुपिण्डे न.पा.७ लामसरा बस्ने वर्ष ४० की एक महिला भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ्ग परी घटनास्थलमै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

रौतहटको बौधीमाई न.पा.-१ अजगैबी बस्ने बर्ष ४५ कि एक महिला गोठमा बसिरहेको अवस्थामा अबिरल वर्षाको कारण गोठ भत्की च्यापिएर घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा २ बटा बाख्रा समेत मरेको प्राधिकरणले जानकारी दिएको छ ।

वर्षाका कारण विभिन्न स्थानका सडकमा अवरोधसमेत पुगेको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१