
काठमाडाैं । गायिका लता मंगेशकरको निधनमा भारत सरकारले २ दिन राजकीय शोकको घोषणा गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो ।
यो समयमा भारतको राष्ट्रिय झण्डा आधा झुकाइने छ । महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरेले लता मंगेशकरले लता मंगेशकरको अन्तेष्टि राजकीय सम्मानको साथ गरिने घोषणा गरेका छन् ।