काठमाडौं । २३ वर्ष अघि कैलाली टिकापुरबाट व्यावसायिक यात्राको शुरुवात गरेको सिद्धार्थ विजनेश ग्रुपले २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
ग्रुपले आफ्नो २४ औँ वार्षिक उत्सवमा सुर्खेतका दिपक जैशीलाई १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । उनको दुवै मृगौलाले काम गर्न छाडी उपचारको क्रममा रहेकोले उनलाई सहयोग गरिएको ग्रुपले जनाएको छ ।
यसका साथै यो ग्रुपले सिद्धार्थ अन्तर्गत सम्पूर्ण शाखाहरुमा कार्यरत महिला कर्मचारीहरुको लागि आवश्यकता अनुसार सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने निर्णय, रुपन्देही जिल्ला अन्र्तगतका थालासेमिया रोगका बिरामीहरु (असहाय र विपन्न वर्ग )लाई डा. सन्तोष पोखरेल, डा. अनुप पोखरेल तथा वरिष्ठ हेल्थ असिस्टेन्ट श्रीकान्त सुवेदीको संयोजकत्वमा कम्तीमा १५ जनालाई १ वर्षसम्मका लागि निःशुल्क औषधी उपलब्ध गराउने भएको छ ।
यसैगरी ग्रुपले काठमाडौं बौद्ध रामहिटी आसपास क्षेत्रमा सरसफाई तथा डस्टबिन वितरण, ललितपुर धोबिघाट स्थित ब्लाइन्ड फेमिलि हाउसमा आश्रित ३५ परिवारलाई खाद्यन्न वितरण, काठमाडौ स्थित सिद्धार्थ इन्स्टिच्युटमा अध्ययनरत ३ जना गरिब जेहेन्दार विद्यार्थीको लागि छात्रवृति, चितवन जिल्ला इच्छाकामना गाउँपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय चैवुङमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
यस्तै, सुर्खेत साझा घर नेपाल अनाथ आश्रममा रहेका करिब ७० जना बालबालिकालाई खाद्यन्न वितरण, टिकापुर अस्पतालमा उपचाररत ५० जना बिरामी तथा प्रसुती महिलालाई फलफुल, जुस तथा तातो सुप वितरण, चिसापानी स्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट वरिपरि सरसफाई तथा वृद्धा आश्रममा रहेका २५ जनालाई खाद्यन्न वितरण, नेपालगञ्जस्थित होटल सिद्धार्थ तथा सिद्धार्थ कटेजको तर्फबाट रक्तदान, स्वास्थ शिविर तथा निलसागर आश्रममा रहेका करिब १५० जना वृद्द तथा बालबालिकाहरुलाई न्यानो कपडा तथा खाद्यन्न वितरण, महेन्द्रनगरस्थित महिला तथा वृद्धआश्रम सेवाकेन्द्र आश्रित वृद्धवृद्धा र बालबालिका समेत ६२ जनालाई खाद्यन्न वितरण गरेको छ ।
यसैगरी ग्रुपले कपिलवस्तुको चन्द्राैटास्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टको तर्फबाट चन्द्राैटास्थित आधारभूत स्वास्थ सेवा केन्द्रमा कार्यरत कोभिड ̵ १९ मा अहोरात्र खटिएर काम गर्ने ४ जना स्वास्थ्यकर्मी राष्ट्र सेवकहरुलाई सम्मान गरेको छ ।