थप १ हजार ३ सय ८६ जनामा कोरोना, ११ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ४ सय ४३ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८३ जना र २ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय १४ जना निको भएका छन् ।

त्यस्तै थप ८ हजार ७ सय ४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ९ हजार ३ सय ४३ जना निको भएका छन् । हाल नेपालमा ४५ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७