काठमाडाैं । कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
समितिको आइतबार बसेको बैठकले सोमबार (माघ २४)देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो ।
समितिले शिक्षा मन्त्रालयलाई १२ वर्षभन्दा कम उमेरका विद्यार्थीका लागि विद्यालय आलोपालो दिनमा खोल्न सिफारिस गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार आवश्यक निर्णय गर्न सक्ने पनि बताइएकाे छ ।
यसैगरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न पनि सीसीएमसीसीको बैठकले सिफारिस गरेको छ ।