चीनविरुद्ध बंगालादेशमा मानव साङलो बनाएर प्रदर्शन

काठमाडाैं । चीनले बंगलादेशका विद्यार्थीहरुलाई विभेद गरेको भन्दै राजधानी ढाकामा बृहत मानव साङलो बनाएर विराेध प्रदर्शन गरिएकाे छ ।

बंगलादेश मुक्तिजुद्दा मञ्चको आयोजनामा राजधानी ढाकामा रहेको राष्ट्रिय संग्राहलय अगाडि प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा चीनमा पढिरहेका करिब पाँच हजार विद्यार्थीलाई पढाइ निरन्तरताका लागि चीन फर्किन अुनमति दिन माग गरिएकाे थियाे ।

गत शनिबार सहबाग सहरमा पनि प्रदर्शन गरिएको थियाे । संगठनका उपाध्यक्ष तथा मोहम्मद अल ममुनका महासचिव सहीन सिग्दरको नेतृत्वमा मानव साङलो बनाइएको हो ।

प्रदर्शनमा उपाध्यक्ष रोमन होसयन, डियू शाखाका अध्यक्ष सोनेट महमुद, महासचिव तोउडुल इस्लाम महिमलगायतले ढाकाका विद्यार्थीहरुलाई विभेद गरेर उनीहरुको अध्ययनमा बाधा पुर्‍याउन खोजेको बताएका थिए ।

उनीहरुले अन्य मुलुकका विद्यार्थीहरुलाई चीनले चीन फर्किन अनुमति दिएको भए पनि बंगलादेशका विद्यार्थीहरुलाई चीन फर्किन नदिएको भन्दै आपत्ति जनाएका हुन् । चीनले आफूहरुलाई पूर्वाग्रहीरुपमा व्यवहार गरेको उनीहरुको आरोप छ ।

नेपाली विद्यार्थीहरु पनि हाल चीन फर्किन पाएका छैनन् । उनीहरुले पनि यसअघि चिनियाँ दूतावास अगाडि धर्ना दिएका थिए । चीनले कोरोना महामारीलाई कारण देखाएर विभिन्न मुलुकका विद्यार्थीहरुलाई फर्किन दिएको छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१