वैशाख ३० गते स्थानीय निकायको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरेकाे थियाे ।

४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएका कारण सरकारले नयाँ मिति प्रस्ताव गरी निर्वाचन गर्ने निर्णय गरेकाे हाे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१