
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार निको हुने संख्या भने निको हुनेभन्दा करिब ४ गुणा बढी रहेको छ । यही अवधिमा ६ हजार १४६ जना निको भएका छन् ।
देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ६७ हजार ४२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३४ हजार ८३२ जना पुगेको छ । संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना निको भएका छन् ।
मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेकाे मन्त्रालयकाे तथ्यांक छ ।