काठमाडाैं । लामो समयदेखि स्थगित भइरहेकाे प्रतिनिधि सभाको बैठक बुधबारका लागि तय भएकाे छ ।
बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि सम्भावित कार्यसूचीसमेत तयार पारिएकाे छ ।
संघीय संसद सचिवालयका अनुसार बुधबारकाे सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८’ पेश गर्ने कार्यक्रम छ ।
त्यसपछि सभामुखले नेपाली काँग्रेसको तर्फबाट २०६४ सालको संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाकाे निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।