• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेप्सेमा दाेहाेराे अंककाे गिरावट

काठमाडाैं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।

साेमबार १५ अंकले बढेर २८ सय ५१ विन्दूमा पुगेकाे बजारमा मंगलबार पुनः १६ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १६.३० अंकले घट्दै २८ सय ३५.५८ अंकमा ओर्लिएको छ ।

१६ अंक माथिले घटेको बजारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको पनि नप्सेले जनाएकाे छ ।