थप १ हजार ९ सय ५७ जनामा काेराेना संक्रमण, ११ जनाको मृत्यु

काठमाडाैं । नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ५ सय ८७ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८४ जना र ४ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा ७ सय ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ५ हजार १ सय ३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख २० हजार ५ सय ९२ जना निको भएका छन् । हाल नेपालमा ३६ हजार १ सय ८१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१