२२.११ अङ्कले घट्यो नेप्से, सबै उपसूचक राताम्मे

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २२.११ अङ्कले घटेर २ हजार ८१३.४७ बिन्दुमा पुगेको छ ।

बुधबार कूल २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा तीन अर्ब ४७ करोड ११ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटा उपसूचक घटेको छ ।

बुधबार नेप्सेमा लिबर्टी इनर्जी कम्पनी र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने बुद्धभुमि हाइड्रोपावर र नेपाल एसबीआई ऋणपत्रका लगानीकर्ताले अधिक गुमाएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१