बिहीबार पनि घट्याे सेयर बजार, तीन अर्ब ८२ कराेडकाे काराेबार

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । बुधबार २२ अङ्कले घटेको शेयर बजार बिहीबार ११ दशमलव ९६ अङ्कले घटेर २ हजार ८ सय १ दशमलव ५६ विन्दुमा झरेको छ ।

बिहीबार व्यापार, अन्य र म्याुचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बिहीबार २ सय २७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर तीन अर्ब ८२ कराेड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१