थपिए १ हजार ३ सय ६९ जना संक्रमित, १२ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ८ सय ८० पीसीआर परिक्षणका क्रममा १ हजार १३ जना र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ६४ जनाको मृत्यु भएको छ ।

थप २ हजार २ सय ३८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३० हजार ६ सय ७ जना निको भएका छन् ।

हाल नेपालमा २९ हजार ४ सक्रिय संक्रमित आइशालेशन र १ सय ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१