फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उनले १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको जानकारी दिए । उनले भने ‘फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ।’

त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्नेछ । यस्तै, विगतमा जोखिमा रहेका गर्भवती महिलालाई मात्र खोप दिने नीति लिएकोमा अहिले सबै गर्भवती महिलालाई पहिलो त्रैमासिकपछि खोप दिने नीति अपनाइने उनले बताए ।

यसैगरी, उनले ५ देखि ११ वर्ष उमेर समूह बालबालिकालाई समेत खोप प्रदान गर्न खोप उपब्धताको लागि पत्रचार भइसकेको र सुनिश्चितता भइसकेको जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१