काठमाडाैं । नेपालमा थप १ हजार १ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १७ हजार ४ सय ४७ पिसिआर परिक्षणका क्रमा ६ सय ६६ जना र ३ हजार ५ सय ४२ एन्टीजेन परीक्षणका क्रममा ४ सय ६२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै, २ हजार २ सय १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३२ हजार ८ सय २२ निको भएका छन् । हाल नेपालमा २७ हजार ४ सय ४१ संक्रमित आइशोलेशन र १०९ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।