थप ८ सय ३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार २ सय ६० पिसिआर परिक्षणका क्रममा ४ सय ९१ जना र २ हजार ३ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ ।

त्यस्त,ै थप १ हजार ८ सय २६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३४ हजार ६ सय ४८ जना निको भएका छन् । हाल नेपालमा २६ हजार १ सय २ सक्रिय संक्रमित आइशोलेशन र १ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७