• २०८३ साउन ३
  • 2026 July 19, Sunday

करिब ५ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

  • २०७८ फागुन १, आइतबार ०८:४९

काठमाडाैं । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।

पक्राउ चिनियाँ नागरिक लि द हिमालय एयरको उडानद्धारा काठमाडौं आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै पक्राउ गरेको हो ।

पक्राउ लिले चारवटा पोकामा भित्री पोशाकभित्र लुकाएर उक्त सामान ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २०७८ फागुन १, आइतबार ०८:४९