एमसीसीको विरोधमा समाजवादीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरुले अमेरिकन सहयोग परियोजना एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रिय हित, सुरक्षा र सार्वभौमिकता विपरित रहेको जानकारीसहित उनीहरुले काठमाडौंलगायत देशभर प्रदर्शन गरेका हुन् ।

काठमाडौंमा माइतीघरदेखि बानेश्वरसमम विरोध र्‍याली निकालिएको थियो । कालोपट्टीसहित विरोधमा उत्रेका प्रदर्शनकारीले एमसीसी खारेज गर, वैदेशिक हस्तक्षेप अन्त्य गर , एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन लगायतका नारावबाजीसहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

एमसीसीको विरोधमा यतिबेला विभिन्न राजनीतिक दल र तीनका भ्रातृ संगठनहरूले प्रदर्शन गर्दै आइरहेका छन् । नेपालमा एमसीसीको विषय पछिल्लो समय थप पेचिलो बन्दै गइरहेको छ । एमसीसी संसदमा टेबल गर्ने कि नगर्ने भन्‍ने विषयमा सत्ता साझेदार दलहरू एकमत हुन सकेका छैनन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१