
काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ११५ जनाको स्वाब परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ८९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ। हाल देशभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।