खगराज अधिकारीलाई पार्टी संगठन विभागको प्रमुखबाट हटाउन महेश बस्नेतकाे माग

काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले अर्का नेता खगराज अधिकारीलाई पार्टी संगठन विभागको प्रमुखबाट हटाउन माग गरेका छन् ।

बस्नेतले अधिकारी संगठन विभाग चलाउन सक्ने व्यक्ति नभएको पनि बताएका छन् । जनवर्गीय संगठन (युवा संघ)मा अनावश्यक ‘हस्तक्षेप’ गरेको भन्दै बस्नेतले अधिकारीको विरोध गरेका छन् ।

‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईं (अधिकारी) संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘ तसर्थ क. खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु ।’

उनले लेखेकाे फेसबुक पाेस्ट जस्ताकाे तस्तै :

क.खगराज अधिकारी
१) पार्टीको जन बर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडि बढ्ने गर्दछन् ।
२) पार्टीको सचिवालयको बैंठकले जन संगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सो संग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?
३) युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?
४) संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?
५) एमाले बिरुद्ध चौतर्फी आक्रमण भैरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथी अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?
६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन ।
७) तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१