प्रधानन्यायाधीशविरुद्धको महाभियोगमा तीन दलकाे तीन स्वार्थ : कमल थापा

काठमाडौं । नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा देखिएका छन् ।

सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियोग ल्याइएको दाबीसमेत गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले महाभियोग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।

उनले एमसीसी पास गर्ने कांग्रेसको स्वार्थ, हत्या अभियोगबाट सभामुखलाई जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउने नेकपा एसको स्वार्थका लागि प्रधानन्यायाधीमाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् ।

थापाले भनेका छन् ‘प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एससीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा एकीकृत समाजवादीको सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैर जिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१