काठमाडाैं । शताब्दी पुरुष सत्यमोहन जोशी उपचारपछि घर फर्किएका छन् । जाेशी ६ दिनको उपचारपछि घर फर्किएका हुन् ।
गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनी ललितपुरको किस्ट हस्पिटलमा भर्ना भएका थिए ।
उनकाे उपचारमा संलग्न चिकित्सकले उनीमा स्वासप्रस्वासमा समस्या देखिएकाे र पिसाबमा संक्रमण देखिएकाे बताएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।
तस्बिर : गिरिश गिरीकाे फेसबुकबाट