• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

सभामुखले बोलाएको सर्वदलीय बैठकमा देउवासहित अन्य दल सहभागी, एमाले अनुपस्थित

  • २०७८ फागुन २, सोमबार ०९:३९

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संसद सचिवालयमा शुरू भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल सहभागीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता छ ।

बैठकमा नेकपा एमाले भने अनुपस्थित भएकाे छ । एमालेले यसअघिका सर्वदलीय बैठक पनि बहिष्कार गर्दै आएको थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बाेलाएका हुन् ।

सर्वदलीय बैठकमा एमसीसीबारे पनि छलफल हुने बताइएकाे छ ।

  • २०७८ फागुन २, सोमबार ०९:३९