नेप्सेमा ५३ अंक माथिको वृद्धि, काराेबार रकम तीन अर्बमा खुम्चियाे

काठमाडाैं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ५३ अंक माथिको वृद्धि भएकाे छ ।

आइतबार १०१ अंकले घटेर सोमबार स्थिर बनेकाे बजार मंगलबार पुन: ५३.३ अंकले वृद्धि भएको हो । मंगलबार नेप्से परिसुचक २७५४.२८ विन्दुमा उक्लिएको छ ।

५३ अंक माथिले बढेको बजारमा कारोबार रकम भने खासै देखिएकाे छैन । मंगलबार जम्मा तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबैजसो उपसूचक धनात्मक भएर सेयर बजारमा हरियाली छाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१