६ सय ८० जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडाैं । नेपालमा मंगलबार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार २ सय ५६ पिसिआर परिक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ८ सय ३९ एन्टीजेन परिक्षणका क्रममा १ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप १ हजार ८ सय ३५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४२ हजार ७ सय ३७ जना निको भएका छन् ।

हाल नेपालमा १९ हजार ४ सय सक्रिय संक्रमित आइशोलेशन र १ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१