एमसीसीका विराेधीहरु सरकारमा बस्न मिल्दैन : डा. बाबुराम भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरु सरकारमा बस्न नमिल्ने तर्क गरेका छन् ।

सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताएका हुन् ।

एमसीसी सम्झौताबारे सत्ता गठबन्धनबीच विमती भइरहेका बेला डाक्टर भट्टराईको यस किसिमकाे अभिव्यक्ति आएको हो ।

उनले भनेका छन् ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन । सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।’

नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी भने यथास्थितिमा एमसीसी पास हुनु हुँदैन भन्नेमा छन् । उनीहरु एमसीसीलाई संशाेधन गरेर पास गर्नुपर्ने बताइरहेका छन् । सम्भवत: बुधबारकाे संसद बैठकमा एमसीसी टेबल हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१