एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भएकाे छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकाे क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले पानीकाे फाेहाेरा हानेकाे छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् ।

विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनका केही भातृ संगठनले एमसीसीको विरुद्धमा देशभर बन्दसमेत आह्वान गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१