बुधबारकाे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं । प्रतिनिधिसभाको बुधबारकाे बैठकमा एमसीसी टेबल नहुने भएकाे छ । बुधबार एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएकाे स्राेतले बताएकाे छ ।

उक्त छलफलपछिमात्र एमसीसीबारे निर्णय लिइने बताइएकाे छ ।

संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोडिने चेतावनीसमेत दिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१