एमसीसीकाे विराेध प्रदर्शन तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच मुठभेड (तस्बिरमा)

काठमाडौं । एमसीसीको विरोधमा आयोजना गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको छ । प्रदर्शनकारी नियन्त्रणमा लिन प्रहरीले पानीका फोहरा प्रहार गरेकाे छ ।

नेकपा माओवादीका भातृ संगठनहरुले बानेश्वरको सडकमा आयोजना गरेको प्रदर्शनका क्रममा तनाव भएको हो । आन्दोलनकारीले अराजक नारावाजीसहित ढुंगासमेत प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनका क्रममा केही प्रदर्शनकारी समेत घाइते भएका छन् । अहिले माओवादी कार्यकर्ताले एमसीसीविरुद्धमा नाराबाजी जारी राखेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१