सेयर बजारमा दाेहाेराे अंककाे गिरावट

काठमाडाैं । सेयर बजार परिसूचक (नेप्से)मा बुधबार दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आएर २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ । मंगलबार ५३ अंकले बढेर २७ सय ५४ विन्दुमा उक्लिएको बजारमा बुधबार पुनः १९ अंक माथिको गिरावट आएको हाे ।

बुधबार निर्जीवन बीमा र अन्य समूह अन्तर्गतको उपसूचक बाहेक बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । १९ अंक माथिले बजार घटेपछि कारोबार रकमसमेत घटेको छ ।

बुधबार साढे ५६ लाख माथिको सेयर बजारमा ३९ हजारभन्दा बढी पटक किनबेच हुँदा जम्मा तीन अर्ब २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१