६ सय ३९ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं । नेपालमा थप ६ सय ३९ जनामा कोरोना संक्रमण, पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ७ सय ८२ पिसिआर परिक्षणका क्रममा ५ सय ४८ जना र २ हजार ९ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १२ हजार ५ सय ३७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५ जनाको मृत्यु भएको छ । त्यस्तै थप १६ सय संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार २ सय ५१ जना सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१