पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएका कारण निगमले फेरि मूल्य बढाउने तयारी गरेको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएकाले मूल्य बढाउने तयारी गरिएको निगमले जनाएको छ ।

कच्चा तेलको मूल्य करिब अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा नेपालमा घाटा सहेर तेल बेच्न नसकिने निगमका अधिकारीहरूको भनाइ छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७