गठबन्धन कसरी बचाउने भन्नेमा हाम्राे जाेड छ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन कसरी बचाउने भन्नेमा आफूहरुकाे जाेड भएकाे प्रतिक्रिया दिएका छन् ।

अमेरिकी सहयता परियोजना (एमसीसी) बारे गठबन्धनमा ‘निर्णायक’ छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएकाे थियाे । छलफलपछि उनले आफूहरूको जोड गठबन्धन जोगाउने नै रहेको बताए ।

प्रचण्डले भने, ‘गठबन्धनलाई नै कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छ । पाँच दलको बैठकमा छलफल गरेर एउटा निचोड निकाल्नेमै हाम्रो जोड छ । जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१